FAQs Complain Problems

संक्षिप्त परिचय

सुरुङ्गा नगरपालिका सप्तरी जिल्लाको सगरमाथा राजमार्ग तथा पूर्व पश्चिम राजमार्गसँग उत्तर दक्षिण तर्फ फैलिएर रहेको छ |यो नगरपालिका नेपाल सरकारले २०७३ सालमा साबिक पश्चिम पिपरा,हर्दिया,दौलतपुर,मधुपट्टी,कुशहा,हरिपुर,मलहनमा,टिकुलिया,पटेर्वा सबै वडा र मलहनिया गाउँ विकास समितिका ५ र ६ वडा मिलाएर बनेको हो |यस नगरपालिका हाल ११ वटा वडाहरुमा वर्गीकरण गरिएको छ |कुल १०७.०४ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नगरको उत्तर तर्फ त्रियुगा नगरपालिका,पूर्वतर्फ खडक नगरपालिका,पश्चिम तर्फ लहान नगरपालिका र दक्षिण तर्फ बोदेबर्साइन नगरपालिका र बलान बिहुल गाउँपालिका रहेका छन् |यस न.पा. क्षेत्र भित्र अवस्थित ऐतिहासिक सुरुङ्गा पहाडको नाममा यो नगरपालिकाको नामाकरण भएको छ |यस नगरपालिका भित्र प्राकृतिक श्रोत साधन पर्याप्त रहेको छ |बहुभाषिक,बहुजातीय तथा भौगोलिक दृष्टिकोणले फरक यस नगरपालिकामा खासगरी थारु,तेली,यादव,मुसलमान,बनिया,कलवार,पासवान,चमार,मुशहर,मलाह,ब्राम्हण,क्षेत्री,मगर,राई,कोइरी,गडेरी,खत्वे,धानुक,दनुवार,सुडी,कामी आदि जातिको बसोबास रहेको पाइन्छ |

स्थापना : २०७३

जम्मा वडा : ११

जनसंख्या : ५०८१६

क्षेत्रफल : १०७.०४५(वर्ग कि.मी.)

समावेश गाविसहरु : पिपरा पश्चिम(वा.न. १),हर्दिया(वा.न. २),दौलतपु(वा.न. ३),मधुपट्टी(वा.न. ४) ,कुशहा(वा.न. ५ र ६),हरिपुर(वा.न. ७),मलहनमा(वा.न. ८),टिकुलिया(वा.न. ९),पटेर्वाको धेरैजसो भाग (वा.न. १०) , मलहनिया र पटेर्वाको केहि भाग (वा.न. ११)

माध्यमिक विद्यालयहरु :शिशुवारी मा.वि.,कुशहा मा.वि.,दौलतपुर मा.वि.,टिकुलिया मा.वि.,भेडिया मा.वि  र खैजनपुर मा.वि.

पर्यटकीय स्थलहरु : बिसनरिया दह,सेती देवी मन्दिर,मुश्हरनिया दह,सुरुङ्गा बाबा मन्दिर आदि

नगरपालिकाको कार्यालय : साबिकको मधुपट्टी गा.वि.स. को कार्यालय (कनकपुर चौक देखि ५० मि. पूर्व ढलान भएको रोडमा) र कदमाहा चौकको गाइघाट जाने बाटोको पुर्वपट्टी

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.